जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • वित्तीय अपराधमा राष्ट्र बैंकको कडा निगरानी: शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो

वित्तीय अपराधमा राष्ट्र बैंकको कडा निगरानी: शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू नेपला) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वित्तीय अपराध नियन्त्रणमा आफ्नो सक्रियता बढाएको जनाएको छ । प्रतिवेदन अनुसार विगतको तुलनामा शंकास्पद कारोबारको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ९४५ वटा उजुरीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरी तथा अन्य निकायमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

मुख्य तथ्याङ्क र अनुसन्धान वित्तीय जानकारी एकाइले यो वर्ष ९,५६५ वटा शंकास्पद कारोबार वा गतिविधि प्रतिवेदन प्राप्त गरेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी भएको राष्ट्र बैंकले जनाकारी दिएको छ । प्राप्त भएका यी प्रतिवेदनहरूको विश्लेषणमा पनि ४० प्रतिशतले सुधार आएको छ ।

एकाइले गहन विश्लेषणपछि ९४५ वटा वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानुन कार्यान्वयन गर्ने निकायहरूमा पठाएको केन्द्रीय बैंकले जनाएको छ । यसले वित्तीय अपराध पहिचान र दोषीमाथि अभियोजन गर्ने प्रक्रियालाई थप बलियो बनाउने विश्वास राष्ट्र बैंकले गरेको छ ।

सूचना प्रणालीमा ३,४७८ संस्था आबद्ध वित्तीय कारोबारको निगरानी गर्ने प्रणालीमा आबद्ध हुने संस्थाहरूको संख्यामा पनि ठूलो वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष १,६३९ रहेका यस्ता संस्थाहरू यो वर्ष ३,४७८ पुगेका छन् । एकाइले सूचनाको सुरक्षा, गोपनीयता र प्रणाली सञ्चालनका लागि नयाँ निर्देशिकाहरू समेत जारी गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय र ’ग्रे–लिस्ट’ को चुनौती नेपाल सन् २०२३ देखि एपीजीको पारस्परिक मूल्याङ्कनपछि ’ग्रे–लिस्ट’ (बढी निगरानीमा रहेको क्षेत्राधिकार) मा परेको सन्दर्भमा प्रतिवेदनले गरिएका प्रयासहरूलाई स्पष्ट पारेको छ । अन्तरदेशीय अपराध, साइबर ठगी र सीमापार वित्तीय जोखिम न्यूनीकरणका लागि विदेशी वित्तीय जानकारी एकाइहरूसँग ६४ पटक सूचना आदानप्रदान गरिएको छ ।

आगामी योजना र प्राथमिकता नेपाल राष्ट्र बैंकले आगामी दिनमा प्रविधिमा आधारित विश्लेषण र जोखिममा आधारित दृष्टिकोणलाई प्राथमिकता दिने बताएको छ । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका सुधारहरूलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका