
संकटको बेलामा बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले राजिनामा दिएर भागेको बिषयलाई लिएर बीमा क्षेत्रमा तरंग मच्चिएको छ । अध्यक्ष जनकराज शर्माले राजिनामा दिएर भागेको बिषयलाई भ्रष्टाचारमा मुछिने त्रासले छोडेर भागेको देखिएको छ ।
निजामती प्रशासनमा उपसचिव शर्मा अहिलेसम्म दाग नलागेका कर्मचारी मान्निछन् । त्यसैले पनि बीमा प्राधिकरणभित्रको भ्रष्टाचारका घटनाका कारण मुछिने डरले अध्यक्ष पद छोडेर भागेका हुन् ।
प्राधिकरणका अध्यक्ष जनकराज शर्मा भष्ट्राचार काण्डबाट जोगिन राजिनामा दिएर बाहिरिएको पाइएको छ । बीमा प्राधिकरणको अध्यक्षबाट शर्मा बाहिरिएसँगै चन्द्रकला पौडेल नियुक्त भएका छन् । योसँगै एक बर्षमा बीमा प्राधिकरणमा ६ जना अध्यक्ष फेरिएका छ ।
पाल्पाका स्थायी बासिन्दा शर्मा परिवार नै निजामती प्रशासनमा रमाउँदै आएको छ । उनका पिता उपसचिव दुर्गाराज शर्माले लामो समय गृह मन्त्रालयको कर्मचारी प्रशासनमा बिताएर सेवा निबृत्त भएका थिए । शर्माकी फूपू भगवती पनि गृह मन्त्रालय अन्तर्गत नै शाखा अधिकृत थिइन । बहिनी अजिता शर्मा पनि निजामती प्रशासनमै शाखा अधिकृत रहेको स्रोतले जानकारी दिएको छ ।
२०५९ सालमो राजस्व प्रशासनतर्फ शाखा अधिकृतमा ६४ जनाको लटमा शर्माले पहिलो नम्वरमा नाम निकालेका थिए । उनी मेधावी कर्मचारी मान्निछन् । २०७३ मा प्रतिस्पर्धाबाट उपसचिवमा बढुवा भएका थिए । सहसचिवमा भने उनी फाइल बढुवा भएका हुन् । उनी हालसम्म कुनै आर्थिक विवाद, घुसखोरी र भ्रष्टाचारमा मुछिएका छैनन् ।
विगतमा विवादमा नमुछिएको, निजामतिमा भविष्य भएकाले पनि उनले भ्रष्टाचारमा मुछिने त्रासमा पर्न थालेपछि बीमा प्राधिकरणबाट बाहिरिन चाहिरहेका थिए । पछिल्लो पटक गत साता अर्थमन्त्री रामेश्वर खनालसँग भेटेर शर्माले आफूलाई बीमा प्राधिकरणबाट जुनसुकै हालतमा विदा दिन भन्दै अनुनय विनय गरेका थिए । सह सचिव शर्माले बीमा प्राधिकरणबाट विदा नदिए निजामति सेवाबाटै राजिनामा दिने चेतावनी दिएपछि उनलाई त्यहाँबाट बिदा गरिएको हो ।
नीतिगत भ्रष्टाचारको दलदलमा डुबेको बीमा प्राधिकरणभित्रका हरेक गतिविधिमाथि अख्तियार र सञ्चार माध्यमहरुको कडा निगरानी छ । सोही कारण पनि अध्यक्ष शर्मा अध्यक्ष पद त्यागेर भागेको चर्चा बीाम क्षेत्रमा व्याप्त रहेकोछ । बीमा प्राधिकरणभित्रका केही कर्मचारीहरुलाई अख्तियार छिट्टै ठीक पार्ने तयारी गरिरहेको सूचनाका कारण पनि प्राधिकरणबाट भागेको बताइन्छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार
































































