जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल बैंकको सीइओमा पाँच जनाको नाम अन्तर्वाताको लागि छनौट, गौतम सीइओ बन्ने सम्भावना बलियोः घर घरानाका मालिकहरुद्वारा पाण्डेलाई सीइओ बनाउन करोडौंको चलखेल!

नेपाल बैंकको सीइओमा पाँच जनाको नाम अन्तर्वाताको लागि छनौट, गौतम सीइओ बन्ने सम्भावना बलियोः घर घरानाका मालिकहरुद्वारा पाण्डेलाई सीइओ बनाउन करोडौंको चलखेल!

नेपाल बैंकको सीइओमा ५ जना उम्मेदवार छनौटका लागि योग्य भएका छन् । यी ५ जनाबाट १ जनाले नेपाल बैंकको नेतृत्व पाउने देखिन्छ । अर्थमन्त्रालय स्रोतका अनुसार दक्ष एवं अनुभवी बैंकर धु्रव गौतम नेपाल बैंकको सीइओ बन्ने सम्भावना बढेर गएको छ भने केही घर घरानाहरुले पूर्व माओवादी एवं हालका नवप्रवेशी कांग्रेस भनिएका बैंकर तील राज पाण्डेलाई सीइओ बनाउन चर्को चलखेल गरेको भेटिएको छ । आफ्नो स्वार्थ पूरा गर्न पैसाको विटो बोकेर पाण्डेलाई सीइओ बनाउन राजनैतिक पाटीका उच्च नेताहरुको घर पुगेको भेटिएको छ । पाण्डे विभोर विकास बैंकमा डिसीइओ रहँदा कर्जा विवादमा फसेका बैंकर हुन् । उनी नेतृत्व लिन पटक÷पटक पार्टी परिवर्तन गर्दै हिड्ने व्यक्ति पनि हुन् । उनी नेपाल बैंकको सीइओ बने नेपाल बैंक घरासायी मात्रै हुने छैन । बैंक भित्र विद्रोह समेत गर्ने बैंक युनियनका एक सदस्यले पंक्तिकारसंग दाबी गरे । ती यूनियनका कर्मचारीले भने विवाद भएका र घरघरानाको चर्को दबाबमा पैसाको चलखेल गरेर आएका व्यक्तिलाई हामी सीइओ मान्न तयार छैनौ नि ।
कसको व्यक्तित्व कस्तो छ ।
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम छनोट गरिएको छ । बैंकको सीईओका लागि अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम छनोट गरिएको हो ।
योग्यता र अनुभवी व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरी सिफारिस गरिएको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा पुस ४ गते बुधबार ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि बोलाएको हो । भन्दा फरक पर्दैन । अब पाँचै जनाले दिने प्रस्तुति तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना सीईओ बन्नेछ । भन्दा फरक पर्दैन । सर्टलिष्टिङमा परेका ५ जनामध्ये सबैभन्दा बलियो उम्मेदवार को होला र कसले बैंकको सीईओ पदमा बाजी मार्ला भन्ने विषय चासोका साथ हेरिएको छ ।

अशोक पौडेल
अशोक पौडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । नेपाली बैंकिङ क्षेत्रमा लामो समय अनुभव भएका उनी पछिल्लो समय विभिन्न संस्थाको नेतृत्व गर्न हतारिएका छन् । उनले यसअघि कृषि विकास बैंकको सीईओ र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक बन्न आवेदन दिएका थिए । उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सीईओमा समेत आवेदन दिएका छन् । उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सीईओ छनोट समितिले सिफारिस गरेको दोस्रो स्थानमा छन् ।

ध्रुब गौतम को हुन् ?
कृषि विकास बैंकको उपमहाप्रबन्धक पदबाट अवकाश प्राप्त धु्रव गौतमसँग पनि नेपाली बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । बहुआयामिक कार्य तथा वित्तीय क्षेत्रमा सरकारको नीतिलाई कार्यान्वयन र वाणिज्य बैंकको समेत काम गर्ने गरी दोहोरो भूमिका निर्वाह गरिरहेको कृषि विकास बैंकमा उनले २२ वर्ष काम गरेका अनुभव छ भन्दा फरक पर्दैन । रिकभरी र समस्याग्रस्त कर्जाहरूमा विभागीय प्रमुख भएर झण्डै एक दशक काम गरेका गौतमसँग एसएमईमा समेत लामो समय काम गरेको अनुभव उनीसंग छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका गौतम सीईओ भएपछि नेपाल बैंकको प्रविधिलाई समयानुकल परिवर्तन गर्न सक्दछन् । नयाँ र पुरानो पुस्ताको ग्यापलाई पूर्णता दिने, जनशक्ति व्यवस्थापन परम्परागत ढंगबाट चलेको हुँदा त्यसलाई नयाँ शैलीमा लैजान उनीले सक्ने देखिन्छ ।

‘बैंकको परम्परागत प्रणालीलाई आधुनिकीकरण बनाउने, नयाँ पुस्ताको कर्मचारीलाई अभिमुखीकरण गराउने, कर्मचारी खर्च घटाउने, नीतिगत ग्यापलाई सुधार गर्ने, जोखिम व्यवस्थापनमा सुधार गर्ने, प्रविधिमा जोड दिने, अहिले भएको प्रविधिलाई परिवर्तन गर्ने, नयाँ मार्केटको खोजी गर्ने, बैंकको ब्राण्डलाई बलियो बनाउने योजना गौतमसंग छ । किनभने उनीले कृषि विकास बैंकलाई दोस्रो पदमा रहँदा पनि संधै अब्बल बनाउदै आएका थिए । सरकारी लगानीको बैंक भएकाले सरकारका विभिन्न निकायसँग सहकार्य गरेर अघि बढाउने आवश्यकता अनुसार संस्थाको रिस्ट्रक्चरिङ गर्ने इन्टर्नल कन्ट्रोलिङ सिस्टमलाई बलियो बनाउने गौतमबाट सम्भावना देखिन्छ । अर्थमन्त्रीज्यू !

तिलराज पाण्डे
बैंकिङ क्षेत्रमा तीन दशक बढी अनुभव हासिल गरेका पाण्डे नेपाल बैंककै प्रडक्ट हुन् । २९ वर्ष नेपाल बैंकमा जागिर गरेपछि चिफ म्यानेजरबाट अवकास लिएका थिए । नेपाल बैंकबाट बाहिरिएपछि उनले एक वर्ष एशियाली विकास बैंकमा कन्सलटेन्ट भएर काम गरेका थिए । तर, उनीको कमाउ धन्दाले उनी त्यहाँ टिक्न सकेनन् । तत्कालीन भिवोर विकास बैंक समस्याग्रस्त हुँदा उनी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर बैंक प्रवेश गरे । भिवोर विकास बैंकको अवस्था सुध्रिएपछि लुम्बिनी विकास बैंकसँग मर्ज भयो । उनी बाहिरे उनीले यस बैंकमा काम गर्दा कर्जा दिँदा बदमासी गरेको भेटिएको छ । चितवन घर भएका पाण्डेलाई व्यवसायिक स्वार्थका लागि केही व्यवसायिक घरानाले बैंकको सीईओ बनाउनका लागि ठुलो रकम सहित लबिङ गरिरहेको भेटिएको छ ।

समता पन्त
हाल नेपाल बैंकको कामु सीईओ भएर काम गरिरहेकी पन्त सीईओ बन्ने सम्भावित पात्र हुन् । उनले नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशकभन्दा बढी काम गरिसकेकी छन् । पन्तले एमबिएससम्मको अध्ययन गरेकी छन् । बैंकिङ क्षेत्रमा मिहिनेती र अनुभवी बैंकरको छवि बनाएकी पन्तले आफूलाई सीईओका लागि बलियो प्रतिस्पर्धाका रूपमा प्रस्तुत गरिरहेकी छन् । धेरैले उनलाई अबको नेपाल बैंकको सीईओका रूपमा हेरेका छन् । एउटा कुशल बैंकरका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी उनका श्रीमान राष्ट्र बैंकको कार्यकारी अधिकृत छन् । उनले पनि नेपाल बैंकको सीईओ बन्नका लागि पूर्णरूपमा संघर्ष गरिरहेकी छन् ।

लक्ष्मण पौडेल
पौडेल अहिले नेपाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एबीए गरेका छन् । नेपाल बैंकमा दुई दशक काम गरिसकेका उनले बैंकमा विभिन्न विभागको प्रमुख भएर काम गरिसकेका छन् । सचेत भया ।

1615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?