
ग्लोबल आइएमई बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६.५० प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले कुल ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६९ प्रतिशत र सञ्चालन मुनाफा १.७२ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा झरेको छ । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा छ ।
पुस मसान्तसम्म बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ । यस अवधिमा बैंकको ईपीएस १ रुपैयाँ ४ पैसाले बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ । यस अधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































