जोडिनुहोस
बिहिबार, माघ १६, २०८२
बिहिबार, माघ १६, २०८२

हालको खबर

  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा १६.२९ प्रतिशत गिरावट

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा १६.२९ प्रतिशत गिरावट

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १६.२९ प्रतिशतले घटेको हो । बैंकले यस अवधिमा कुल १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ११.५४ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद सञ्चालन आम्दानी २.८५ प्रतिशत र सञ्चालन मुनाफा १६.२१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस ५ रुपैयाँ ३२ पैसाले घटेर २७ रुपैयाँ ३५ पैसामा झरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१० गुणा छ । 

चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९१ करोड २५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १८ रुपैयाँ १७ पैसा रहेको छ ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?