
नेपाल राष्ट्र बैंकले ‘तथ्यांक महाशाखा’ स्थापना गरेको छ। राष्ट्र बैंकले सम्पूर्ण वित्तीय तथा मौद्रिक तथ्यांकलाई एकीकृत, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नयाँ महाशाखा खडा गरेको हो।
गभर्नरको प्रत्यक्ष निगरानीमा रहने तथ्यांक महाशाखाले वित्तीय तथा मौद्रिक तथ्यांकलाई एउटै प्लेटफर्ममार्फत व्यवस्थापन गर्नेछ। यसबाट काममा दोहोरोपना अन्त्य हुने, तथ्यांकको गुणस्तर सुधार हुने तथा समयमै प्रतिवेदन सार्वजनिक गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ। केन्द्रीय बैंकले पछिल्लो समय डिजिटल रिपोर्टिङ प्रणाली, सुपरिवेक्षण प्रविधि र नियामकीय प्रविधि प्रयोगलाई विस्तार गर्दै आएको छ।
नयाँ महाशाखाले आवश्यक समन्वय गरी तथ्यांक संकलन, प्रमाणीकरण, विश्लेषण र प्रकाशनलाई थप प्रभावकारी बनाउने राष्ट्र बैंकले जनाएको छ। विशेषगरी मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व मूल्यांकन तथा जोखिम पूर्वानुमानका लागि विश्वसनीय र रियल-टाइम डाटाको आवश्यकता बढ्दै गइरहेको सन्दर्भमा नयाँ महाशाखा खडा गरिनुलाई रणनीतिक सुधारका रूपमा हेरिएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































