जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सडक टोल उठाउने आरएफआईडी कार्ड वाणिज्य बैंकले मात्र जारी गर्न पाउने

सडक टोल उठाउने आरएफआईडी कार्ड वाणिज्य बैंकले मात्र जारी गर्न पाउने

सडकहरूमा टोल ट्याक्स उठाउने आरएफआईडी कार्ड वा ट्याग वाणिज्य बैंकहरूले मात्र जारी गर्न पाउने भएका छन् । नेपाल सरकारले तोकेका सडक खण्डहरूमा सडक उपभोग दस्तुर संकलन गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई मात्र यस्तो ‘आरएफआईडी चिप बेस्ड प्रिपेड ट्याग वा कार्ड’ जारी गर्ने अधिकार दिइएको हो । केन्द्रीय बैंकले मंगलबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

नागढुंगा सुरूङमार्गसहित विभिन्न सडकमा यात्रा गर्दा सवारी साधनले लाइन बसेर नगद तिर्नुपर्ने झन्झट हटाउन यो प्रविधि जडान भइरहेको छ । सवारी साधनको अगाडिको सिसा (विन्डसिल्ड) मा टाँसिएको यो कार्डलाई टोल गेटमा जडान गरिएको मेसिनले रिड गर्नेछ र सवारीधनीको बैंक खाताबाट तोकिएको शुल्क स्वतः काटिनेछ ।

455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका