जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • वि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा

वि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । लामिछानेको निवेदनमा जिल्ला न्यायाधीश केदारनाथ पौडेलको इजलासले वारेस राख्ने अनुमति दिएको हो ।

सभापति लामिछानेले आफू बिरामी भई काबुबाहिरको परिस्थिति भएको उल्लेख गर्दै निवेदन दिएपछि अदालतले वारेस राख्ने अनुमति दिएको हो । अदालतको आदेश अनुसार अब लामिछानेले मुद्दाको तारिखमा आफैँ चितवन अदालत जानुपर्दैन ।

अदालतले मुद्दामा प्रतिवादी रहेका लामिछानेले त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टलाई पेस गरेका थिए ।

315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?