जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायण कुमार भट्टराई नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायण कुमार भट्टराई नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । बैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्टराई यसअघि साबिक गुराँस लाइफ इन्स्योरेन्समा पूर्वसीईओका रूपमा कार्यरत थिए । बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका उनी नेतृत्वदायी भूमिकामा परिचित छन् । उनको नियुक्तिसँगै कम्पनीले संस्थागत सुदृढीकरण, सेवा विस्तार तथा व्यवसायिक प्रतिस्पर्धामा थप प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ ।

 

430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?