जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकले जारी गर्‍यो डलर कार्ड, डलरमार्फत वस्तु तथा सेवा किन्न सकिने

ग्लोबल आइएमई बैंकले जारी गर्‍यो डलर कार्ड, डलरमार्फत वस्तु तथा सेवा किन्न सकिने

ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’जारी गरेको छ। अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने प्रावधान अनुसार बैंकले डलर कार्ड जारी गरेको हो।

बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिनेछ।

नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोलेर यो सुविधा लिन सकिने बैंकले जनाएको छ। यसका लागि पाँच सय रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने बैंकले जनाएको छ।

9710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?