जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सर्वाधिक भीड हुने एकान्तकुना यातायात कार्यालयले सुरु गर्‍यो अनलाइन सेवा

सर्वाधिक भीड हुने एकान्तकुना यातायात कार्यालयले सुरु गर्‍यो अनलाइन सेवा

सर्वाधिक भीड हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले विहीबारदेखि अनलाइन सेवा सुरु गरेको छ। अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीको भीड हट्ने अपेक्षा गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले एकान्तकुना यातायात ब्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका छन्। ‘दैनिक हजारौ सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए। आजदेखि त्यो लाइन पूर्णरुपमा हट्नेछ’, मन्त्री ज्वालाले भने, ‘दैनिक हजारौ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ।’

नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन दिनका लागि यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो। तर विहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नविकरण र बर्ग थप अनलाइनबाटै हुने भएको छ। ‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भने, ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात ब्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो।’

सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्रायल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्नेछ। अन्य सबै कामहरु घरबाटै अनलाइनमार्फत गर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए।

मन्त्री ज्वालाले सपथ लिएलगतै यातायात कार्यालयहरुमा लाग्ने भीड हटाउने प्रतिबद्धता गरेका थिए। प्रतिबद्धताअनुसार २० असारदेखि कास्की यातायात व्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो। कास्कीमा सफल भएपछि सर्वाधिक भीड हुने एकान्तकुनाबाट विहीबारदेखि अनलाइन सेवा सुरु गरिएको छ।

‘अबको केही दिनभित्र मधेश र लुम्बिनी प्रदेशका यातायात ब्यवस्था कार्यालयमार्फत पनि अनलाइन सेवा सुचारु गर्छौं’, उनले भने,’यातायात व्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाहरुको अन्त्य गर्न देशका सबै यातायात व्यवस्था कार्यालयहरु अनलाइन सिस्टममा लैजान लागिएको छ।’

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका