
पूर्व गृहमन्त्री सुधन गुरुङको बैंक एकाउन्ट कान्तिपुरलाई नविल बैंकले नै उपलव्ध गराएको रहस्य खुलेको छ । उक्त विषयमा नेपाल प्रहरी अनुसन्धान व्यूरोले नविल बैंकको विज्ञप्ति झुटो सावित गरिदिएको छ । यसअघि नविल बैंकले आफूलाई बचाउ गर्दै विज्ञप्ति निकालेको थियो । सुधन गुरुङको व्यक्तिगत बैंक विवरण नविल बैंकले नै कान्तिपुरलाई दिएको सुरक्षा निकायको विज्ञप्तिपछि थाहा भएको छ । कान्तिपुर पत्रिकामा सुधन गुरुङको बैंक विवरण सार्बजनिक भएपछि उक्त विवरण आफूले नदिएको नविल बैंकले दावी गरेको थियो । नविल बैंकले सुरक्षा अनुसन्धानबाट कान्तिपुरले सूचना लिएको हवला दिँदै आफ्नो गल्ती ढाकछोप गरेको थियो । तर नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरोले नविल बैंकको विज्ञपीतलाई खण्डन गर्दै नविल बैंकसँग सुरक्षा निकायले गुरुङको बैंक एकाण्ट माग्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार


लोकप्रिय समाचार














































