जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति

लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति

नेपाल लघुवित्त बैंकर्स संघको उन्नाइसौ साधारण सभाले राम बहादुर यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित गरेको छ । नेशनल माइक्रोफाइनान्सका सिइओ यादवलाई दोस्रो कार्यकालका लागि सर्बसम्मत अध्यक्ष बनाइएको हो । उनी यस अघिको कार्यसमितिमा पनि अध्यक्ष थिए ।

संघको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा छिमेक लघुवित्त वित्तीय संस्थाका सिइओ दिपकनिधि तिवारी, महासचिवमा जीवन विकास लघुवित्त वित्तीय संस्थाका सिइओ संजय कुमार मण्डल, कोषाध्यक्षमा हिमालयन लघुवित्त वित्तीय संस्थाका सिइओ विनोद आचार्य तथा सचिवमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका सिइओ शिवप्रसाद ज्ञवाली रहेका छन् । नयाँ कार्यसमिति सदस्यहरुमा आशा लघुवित्त वित्तीय संस्थाका सिइओ बद्रीप्रसाद दुलाल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका सिइओ सौगात बीर चौधरी, उपकार लघुवित्त वित्तीय संस्थाका सिइओ सारदा खत्री, ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाका सिइओ हरिकृष्ण जोशी, महुली लघुवित्त वित्तीय संस्थाका सिइओसरोज कुमार सिंह र सामुदायिक लघुवित्त वित्तीय संस्थाका सिइओ दिलिप कुमार पोख्रेल रहेका छन् ।

लघुवित्त बेंकर्स संघ लघुवित्त वित्तीय संस्थामा कार्यरत सिइओहरुको छाता संस्था हो । यस संस्थाले लघुवित्तकर्मी, लघुवित्त संस्थाका समस्याहरुलाई समाधान गर्नुका साथै तालिम, प्रशिक्षण एवं सरकारी निकायहरुमा लघुवित्त क्षेत्रका बारे नीतिगत विषय उठान गरी सहकार्य गर्दै आएको छ । साथै वित्तीय साक्षरता, उद्यमशीलता लगायतका विषयमा समेत संस्था सक्रिय रहँदै आएको छ ।

305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका