जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देशकै पहिलो ‘सार्वभौम एआई कम्युट केन्द्र’ स्थापना गरिने

देशकै पहिलो ‘सार्वभौम एआई कम्युट केन्द्र’ स्थापना गरिने

सरकारले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्ने गरी एआई सम्बन्धी विशेष योजना घोषणा गरेका छन्।

बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले काठमाडौंको स्युचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्युट केन्द्र’ स्थापना गरिने बताए। नेपाललाई एआईको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन सरकारले विशेष पहल सुरु गरिसकेको उनले जानकारी दिए।

यस्तै सरकारले नेपाली एआई उद्यमी र नवप्रवर्तन (स्टार्टअप) लाई प्रोत्साहन गर्न प्राविधिक पूर्वाधारमा लगानी गर्ने नीति लिएको छ। यसका लागि सरकारले हजारौँ एआई प्रोसेसिङ युनिटहरू खरिद गर्ने उनले बताए। यसरी खरिद गरिएका युनिटहरू मार्फत नेपाली एआई उद्यमी र स्टार्टअपहरूलाई सहुलियतपूर्ण रूपमा कम्प्युट क्षमता (कम्प्युटिङ पावर) उपलब्ध गराइने उनले उल्लेख गरे।

जलविद्युत् उर्जालाई एआईमा रूपान्तरण गरिने

नेपालको जलविद्युत् क्षेत्रलाई प्रविधिसँग जोड्दै अर्थमन्त्री डा. वाग्लेले देशको अपार ऊर्जालाई कृत्रिम बुद्धिमत्ता (एआई) को विकासमा प्रयोग गर्ने नवीन प्रस्ताव अघि सारेका छन्। नेपालको स्वच्छ जलविद्युत् ऊर्जालाई उच्च मूल्यको एआई कम्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव आफूले गरेको उनले बताए। नेपालको विद्यमान अपार ऊर्जालाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गर्दा सीपयुक्त रोजगारी सिर्जना हुने, डिजिटल निर्यात बढ्ने र एआईमा आधारित आर्थिक रूपान्तरणको बलियो जग निर्माण हुने विश्वास उनले व्यक्त गरे।

105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका