
कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार पाण्डेयलाई अध्यक्ष पदमा चयन गरिएको हो । नवनियुक्त अध्यक्ष पाण्डेयले निजामती सेवामा करिब २५ वर्ष कार्य गर्दै महत्वपूर्ण अनुभव हासिल गरेका छन् । आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा काम गरेको अनुभवसमेत उनीसँग रहेको बताइएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियुक्त अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनरसमक्ष सपथ ग्रहण गराउने व्यवस्था बमोजिम पाण्डेयले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर विश्वनाथ पौडेलले उनलाई सपथ ग्रहण गराएका थिए ।
सपथ कार्यक्रममा राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डीत, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दिर्घबहादुर रावल, मुक्तिनाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, बोर्ड सचिव शरणकुमार अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































