जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नबिल बैंकको ६ महिनाको खुद नाफा ३ अर्ब २० करोड

नबिल बैंकको ६ महिनाको खुद नाफा ३ अर्ब २० करोड

नबिल बैंकले यो आर्थिक वर्ष पुससम्म ३ अर्ब २० करोड ३० लाख खुद नाफा कमाएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो।

आइतबार सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी २५.३३ रुपैयाँबाट २३.७४ रुपैयाँमा झरेको छ।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिसन आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेको छ। यस्तै, खुद फि तथा कमिसन आम्दानी १५.७२ प्रतिशत बढेको छ।

खराब कर्जा बढेपछि वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको खराब कर्जा पोहोर पुसमा २.९८ प्रतिशत रहेकामा अहिले ३.८ प्रतिशत पुगेको छ। बैंकको कर्मचारी खर्च ३४.०६ प्रतिशतले बढेको छ।

चुक्ता पुँजी २७ अर्ब ५ करोड रहेको बैंकको जगेडा कोषमा २७ अर्ब १६ करोड रुपैयाँ नै संचित छ। बैंकको प्रति सेयर नेटवर्थ १९९.१२ रुपैयाँ छ।

विवरण२०८० पुस२०७९ पुसफरक %
चुक्ता पुँजी२७,०५६,९९७२७,०५६,९९७
संचित मुनाफा१,०८७,८७६३,१८७,०५९-६५.८७
जगेडा कोष२७,१६९,९०२२६,६६८,६२२१.८८
निक्षेप४२८,८३०,५३६३९६,८४३,४९९८.०६
कर्जा लघुवित्त र सहकारी१०,८५८,२९७८,२८३,०५९३१.०९
कर्जा सर्वसाधारण३६२,८७६,०१३३३१,१२३,१७१९.५९
खुद ब्याज आम्दानी८,२४३,३४४७,८३२,९५६५.२४
खुद फि कमिसन१,४८४,३६२१,२८२,७६७१५.७२
इम्पेयरमेन्ट/(रिभर्सल)१,९७१,७९११,८८७,५५८४.४६
कर्मचारी खर्च२,४९२,४४६१,८५९,२६६३४.०६
कार्यालय संचालन खर्च८९३,९७३७८२,०१९१४.३२
संचालन मुनाफा४,५६१,१००४,८६१,७९६-६.१८
खुद नाफा३,२०३,०७९३,४१७,६९८-६.२८
वितरणयोग्य मुनाफा१,०८७,८७६१,२४५,१३०-१२.६३
निष्कृय कर्जा अनुपात३.८२.९८२७.५२
प्रति सेयर आम्दानी२३.७४२५.३३-६.२८
प्रति सेयर नेटवर्थ२०४.४४१९९.१२२.६७

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका