जोडिनुहोस
बिहिबार, जेष्ठ २८, २०८३
बिहिबार, जेष्ठ २८, २०८३
  • होमपेज
  • डाटामा आधारित कर्जा प्रणाली ल्याउँदै लक्ष्मी सनराइज बैंक

डाटामा आधारित कर्जा प्रणाली ल्याउँदै लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले साना तथा मझौला उद्यम (एसएमई) लक्षित डिजिटल कर्जा सुविधा विस्तार गर्ने उद्देश्यले आइएमएस सफ्टवेयर प्रालिसँग सहकार्य गरेको छ ।

नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार गरिएको यस सहकार्यपछि बैंकका एसएमई ग्राहकहरूले छिट्टै अनलाइन प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार उक्त सुविधा लिनका लागि उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली प्रयोग गरेको हुनुपर्नेछ । साथै, आइएमएस सफ्टवेयरमा आबद्ध भई आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू मात्रै यस योजनामा सहभागी हुन सक्नेछन् ।

सहकार्यअन्तर्गत आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायकका रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ । यस प्लेटफर्ममार्फत उद्यमहरूले आफ्नो इरपी प्रणालीमा रहेको व्यावसायिक तथ्यांकका आधारमा कर्जा आवेदनदेखि स्वीकृतिसम्मको प्रक्रिया डिजिटल माध्यमबाट पूरा गर्न सक्नेछन् ।

यस व्यवस्थाले कर्जा प्रक्रिया थप सरल, छरितो र पारदर्शी बन्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । साथै, व्यवसायहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच दिलाउने विश्वास गरिएको छ ।

बैंकका अनुसार यो पहलले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रेरित गर्नेछ । डाटा-आधारित मूल्याङ्कन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया अझ प्रभावकारी बन्ने भएकाले यसले उद्यमहरूको दिगो विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

लक्ष्मी सनराइज बैंकको बैंकिङ अनुभव र आइएमएस सफ्टवेयरको प्राविधिक क्षमताको संयोजनले कर्जा पहुँचलाई अझ सहज, छिटो र पारदर्शी बनाउँदै नेपालको डिजिटल अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?