
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ ।
बैंकको बुटवल शाखामार्फत आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बालबालिकाहरूको प्रारम्भिक शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै उक्त सहयोग प्रदान गरिएको बताए । उनले स्कुल ब्याग केवल शैक्षिक सामग्री बोक्ने साधन मात्र नभई विद्यार्थीहरूमा विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध बढाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीले बैंकको सहयोगप्रति आभार प्रकट गर्दै यस कार्यले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह जगाउनुका साथै अभिभावकहरूलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका कर्मचारी, विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूसँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































