जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • साल्ट ट्रेडिङ कर्पोरेसनले गर्‍यो लाभांश घोषणा, १५ प्रतिशत बोनस सेयर दिने

साल्ट ट्रेडिङ कर्पोरेसनले गर्‍यो लाभांश घोषणा, १५ प्रतिशत बोनस सेयर दिने

साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।कम्पनीको सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। सञ्चालक समितिको निर्णय कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

कम्पनीले पोहोर सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

*यसअघि प्रकाशित समाचारमा नगद लाभांश ०.७९ प्रतिशत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका