जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्घारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्घारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लि. को बर्दिया जिल्लास्थित बाँसगढी शाखाद्घारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बाँसगढी नगरपालिका– ४ मटेरियास्थित नमुना आमा समूहका सदस्यहरुका लागि शनिवार उक्त वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकमा बचत गर्नुका फाइदाहरु तथा बैंकिङ्ग सम्बन्धी जानकारी प्रदान गरिएको थियो । यसै अवसरमा स्वास्थ्य समूह, बाँसगढी नगरपालिका– ४ को कार्यलय, स्थानिय शिवमन्दिर तथा दुर्गामन्दिरको लागि डस्टबिन पनि वितरण गरिएको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

10665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?