जोडिनुहोस
शनिबार, पुस ६, २०८१
शनिबार, पुस ६, २०८१
  • होमपेज
  • त्रिपक्षीय द्वन्द्वको प्रतिविम्ब बिग मर्जरको अस्त्रवाण

त्रिपक्षीय द्वन्द्वको प्रतिविम्ब बिग मर्जरको अस्त्रवाण

भूपेन्द्र आचार्य । नेपालमा घमण्ड भन्ने शब्दले सबै कुरा तहसनहस मात्रै गरेको छैन । देश नै पछाडी परेको छ भन्दा अचम्म लाग्ला तर यो सत्य सावित हुँदै गएको छ । यस्तै घटना अहिले राष्ट्र बैंकको मौद्रिक नीति मार्फत सार्वजनिक हुँदैछ भन्दा फरक पर्दैन । नेपालका हजारौं उद्योगी व्यवसायी जसले नेपाली बैंक पनि चलाएका छन् । उनीहरुले तरलताकै अभावमा चर्को व्याज बैंकलाई तिर्नु परेको भन्दै विगतमा लामो समय आन्दोलननै गरेका थिए ।

उनीहरुको आन्दोलन तराईबाट शुरु भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याज घटाउन अर्थमन्त्री र गर्भनरलाई बोलाएर निर्देशन नै दिएका थिए । तर ब्याजदर घटेन र घटेको पनि छैन । आन्दोलन भने मथर भएको छ । गर्भनर डा. चिरनजीवी नेपाल र अर्थमन्त्री डा.युवराज खतिवडाले यी उद्योगी व्यवसायीहरुलाई पटक÷पटक बोलाएर माग पुरा गर्ने बताए पनि उनीहरुले प्रधानमन्त्री मार्फत ज्ञापन पत्र बुझाएर आफ्ना कुरा राखेपछि गर्भनर र अर्थमन्त्री फायर भए यसैका कारण बिग मर्जरको अस्त्रवाण सार्वजनिक गरिदैछ ।

यी त पात्र मात्रै भए बिग मर्जरको गोटी घुमाएर माडवारी र व्यवसायीहरुलाई ठिक ठाउँमा ल्याउन गर्भनर डा. चिरनजीवी नेपाल र अर्थमन्त्री डा. युवराज खतिवडालाई साथ दिदै बिग मर्जरको अस्त्र ल्याउन मुख्य भुमिका खेल्नेहरुमा प्रभु गु्रपका अध्यक्ष देवीप्रकास भट्टचन, नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी राज पाण्डे र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल रहेका छन् भन्दा फरक पर्दैन ।

ग्लोबल आईएमई बैंकका चन्द्र ढकालले त भनिसकेका छन् । गर्भनरले मलाई बिग मर्जर गर्न तपाईकै बैंकबाट शुरु गरिदिनुप¥यो भनेर । यदि यो सत्य हो भने ढकालले ग्लोबाल आईएमई बैंक र जनता बैंक बीच मर्जरको सहमती पत्रमा हस्ताक्षर गरी सकेका छन् र भनी रहेका छन् । गर्भनर डा. नेपालको बचन पुरा गरेको छु ।

नेपालका ठूला घरानाहरुको नेपाल इन्भेष्टमेण्ट बैंकले नयाँ बैंक कौडिको मुल्यमा साना माछा ठूला माछाले खाए जस्तै गरी खाने दाउँमा देखिएको छ् । बैंकको अध्यक्ष पृथ्वी बहादुर पाण्डे भन्दा फरक नपर्ला ।

अर्को बैंक प्रभु बैंकले मर्जर गर्ने तर नाम, अध्यक्ष । सीइओ नछोड्ने भित्रीरुपमा निर्णय गरेको एक सञ्चालले बताए । यस बैंकका अध्यक्ष देवीप्रकास भट्टचन पनि सीभिल, सेञ्चुरी, मेगा जस्ता नयाँ बैंक कौडीको मूल्यमै खाने दाउँमा रहेको देखिन्छ । शेयर रेसियो ९० दिने तर सीइओ, अध्यक्ष र नाम नछोड्ने प्रभु बैंकका एक सञ्चालकले बताए ।
मौद्रिक नीतिमा बिग मर्जर वा २० अर्ब चुक्ता पुँजी पु¥याउन पर्ने नीति आएमा अर्थमन्त्री डा.युवराज खतिवडा, गर्भनर डा. चिरनजीवी नेपाल र तीन बैंकका अध्यक्ष क्रमशः पृथ्वी बहादुर पाण्डे, देवीप्रकास भट्टचन र चन्द्र ढकालको बिग मर्जरको अस्त्रवाणको योजना पूर्णरुपमा सफल हुने प्रस्टै दखिन्छ ।

अर्को कुरा के छ भने उद्योगी व्यवसायीले आन्दोलनको बेला आफूलाई उपेक्षा गर्दै प्रधानमन्त्रीलाई भेटेको र जिल्लाबाट आन्दोलनमार्फत दबाब दिन थालेपछि अर्थमन्त्री खतिवडा र गभर्नर नेपाल रिसले चुर भएका थिए । अर्थमन्त्री खतिवडाले त्यतिबेला एउटै व्यक्तिले एक हातले उद्योग चलाउने र अर्को हातले बैंक सञ्चालन गरेको भन्दै तत्काल त्यस्तो कार्य बन्द गर्न कडा शब्दमा चेतावनी समेत दिएका थिए । यसैको स्वरुप बिग मर्जरको डण्डा प्रहार हुँदैछ ।

उद्योग व्यवसायीको त्यस्तो क्रियाकलापप्रति रुष्ट बनेका अर्थमन्त्री खतिवडा र गभर्नर नेपाललाई आफूहरुलाई वाइपास गरेर प्रधानमन्त्रीलाई भेटेको बदलाकारुपमा बिग मर्जरलाई दिएको देखिन्छ । बिग मर्जरको जन्मनै त्रिपक्षीय भिडन्त र तीन बैंकका अध्यक्षको शब्दजालले जन्माएको एक जना अर्थ्विद्ले बताए । ‘त्रिपक्षीय इगो नभएको भए बिग मर्जरको जन्म हुने थिएन’ उनले दावी गरे भने ।

बिग मर्जर ‘इगो’ रुपमा आएको हो । तरलताको अभावका कारण ऋणको चर्को ब्याज तिर्नु परेको भन्नेहरुले नै बैंक सञ्चालन गरेका छन् । पछिल्लो समयमा खुलेका बैंकहरु उनीहरुकै छन् । तिनीहरुलाई ठिक पार्ने तरिका बिग मर्जर भएको भन्दै बजेटमा नै अर्थमन्त्रीले बिग मर्जको नीति ल्याएका हुन् । त्यसैको आडमा गभर्नर डा. नेपालले आगामी मौद्रिक नीति ल्याउनु अघि नै बिग मर्जरमा जानका लागि दबाब दिएको एक अर्थविज्ञको खाबी छ ।

गभर्नर नेपालको कार्यकाल यो वर्ष सकिँदै छ । गभर्नर नेपालले ल्याउने यो नै अन्तिम मौद्रिक नीति हो । उनलाई यस्तो बेलामा आफ्नो शक्ति देखाउनु छ । गभर्नर डा.नेपालले चुक्ता पुँजी बृद्धि र मर्जरमा जानका लागि प्रोत्साहन गर्ने काम बाहेक केही गरेनन् । उनले केही काम गरेको जस्तै देखाउनु पनि छ । त्यसैले बिग मर्जको औजार फ्याँकेको प्रष्ट देखिन्छ ।

अर्कोकुरा, विदेशी दातृ निकायले पनि वाणिज्य बैंकको संख्या बढी भएको भन्दै १२ वटामा झार्न भनिरहेका छन् । गभर्नरको जागिरपछि उनीहरुकै कन्सल्टेन्ट गर्न पनि बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनु जरुरी छ । त्यसैले पनि उनले बिग मर्जरको सपना देखेका हुन् । तर, उनीहरुले सोचेजस्तो बिग मर्जर गराउन सजिलो छैन । बिग मर्जर गराएर मात्र पनि भएन् । त्यसको राम्रो परिणाम राम्रो निकाल्नु पनि त्यतिकै चुनौतीपूर्ण छ नि गर्भनर साब ।

बिग मर्जरमा गएका बैंकहरु असफल भए भने त्यसको अपजस अर्थमन्त्री खतिवडा र गभर्नर नेपाललाई नै जान्छ । वाणिज्य बैंकले विकास बैंक र वित्त कम्पनीलाई खरिद गर्न जति सजिलो छ । त्योभन्दा कठिन वाणिज्य बैंकमा वाणिज्य बैंक मर्जरमा लैजान समस्या छ । अहिले पनि ग्लोबल आइएमई र जनता बाहेक अरु वाणिज्य बैंक मर्जरमाको सम्झौता गर्न तयार देखिदैन ।
नेपाल राष्ट्र बैंकले बिग मर्जरको बाध्यकारी व्यवस्था नगरेसम्म बिग मर्जर सम्भव छैन । बाध्यकारी व्यवस्था ल्याउन पनि गभर्नर डा.नेपाललाई त्यतिकै चुनौती छ । राष्ट्र बैंकले दुई वर्ष अघिको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यले मर्जर प्रस्ताव ल्याएको थियो ।

त्यसले वाणिज्य बैंकको संख्या घटेका थिएनन् । विकास बैंक र वित्त कम्पनीको संख्या मात्र घटेका थिए । मर्जरको नीति ल्याएपछि ३१ वटा वाणिज्य बैंक २८ मा झरेका छन् । त्यस्तै सयको हाराहारीमा पुगेका विकास बैंक र वित्त कम्पनी क्रमशः ३३ र २४ मा झरेका थिए ।
आफ्नो चैत्र सम्मको कार्यकाल भित्रै बैंक र बैंकरलाई तर्साएर आफ्नो दुनो सोझ्याउने गर्भनर डा. नेपालले एकै पटक प्रभु बैंकलाई विदेशमा ५ वटा सम्पर्क शाखा खोल्न दिनुको पछाडी के कारण हो । यसको खोजी हामीले शुरु गरेका छौं । स्वार्थवाट प्रेरित भई एउटै बैंकलाई ५ वटा देशमा किन शाखा खोल्न दिइयो गर्भनर साब ? सचेत भया । राजतिलक साप्ताहिक

16110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?