जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • भदौदेखि दूधको मूल्य बढ्ने

भदौदेखि दूधको मूल्य बढ्ने

दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो ।

दूधको उत्पादन लगातार बढेको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ ।

हाल तीन प्रतिशत चिल्लो पद्धार्थ र ८ प्रतिशत ठोस रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर रहेको छ । प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय भइसकेको छैन ।

मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने आँकलन गरिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

7520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?