जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बीओकेका सीइओ शोभवदेव पन्तद्वारा एक महिनाको तलब कोरोना उपचार कोषलाई दिने घोषणा

बीओकेका सीइओ शोभवदेव पन्तद्वारा एक महिनाको तलब कोरोना उपचार कोषलाई दिने घोषणा

बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शोभनदेव पन्तले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

पन्तले एक महिनाको तलब ५ लाख ५१ हजार ४१३.९४ रुपैयाँ कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने वित्तीय संकट समाधान गर्नका लागि कर्पोरेट क्षेत्रले अग्रसरता लिनुपर्ने समेत बताए ।

मुलुक लकडाउन भएको समयमा दैनिक ज्यालामा काम गर्ने श्रमिक, बेराजगार जनशक्ती सबैभन्दा बढी संकटमा परेको भन्दै यसले निम्त्याउन सक्ने भोकमरी र जीवनशैलीलाई देखिएको समस्या समाधानका लागि कर्पोरेट क्षेत्र अगाडि आउनु पर्ने समेत उनको भनाइ छ ।

उनले बैंक र अन्य कर्पोरेट क्षेत्रहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसका विरुद्ध काम गर्नुपर्ने बताए ।

सबैले कर्पोरेट क्षेत्रले रकम जम्मा गरी कोरोना संक्रमितको उपचारमा खर्च गर्नुपर्ने समेत उनको भनाइ छ । साथै पीपीईलगायतका सामग्री उपलब्ध गराउन पनि कर्पोरेट क्षेत्रलाई आग्रह गरेका छन् ।

मुलुकमा लागू भएको लकडाउनको समय र त्यसपछिको समयमा अत्यावश्यक सामग्रीको आपूर्तिमा निकै चुनौती भएको उल्लेख गर्दै यसमा पनि समस्या समाधान गरिनुपर्ने उनको सुझाव छ ।

उनले दैनिक जीवनयापनका लागि आवश्यक पर्ने नगदको प्रवाह र आपतकालीन समयमा आवश्यक पर्ने अतिरिक्त खर्चका लागि समेत बैंकहरु तयार हुनुपर्ने बताएका छन् ।

6295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका