जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बैंकको सिइओमा कृष्णबहादुर अधिकारी नियुक्त

नेपाल बैंकको सिइओमा कृष्णबहादुर अधिकारी नियुक्त

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले अधिकारीलाई ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो। बैंकका डेपुटी सिइओ रहेका अधिकारी प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि कामु सिइओ बनेका थिए। उनले ६ महिनादेखि बैंकको नेतृत्व गर्दै आएका थिए।

सिइको अन्तिम प्रतिस्पर्धामा अधिकारीसँगै शेषरमण आचार्य, शंकरकुमार रायमाझी र पुष्पराज भण्डारी थिए। अधिकारीले आचार्य र रायमाझी भन्दा उच्च अंक प्राप्त गरेकाले उनैलाई प्रमुख कार्यकारी अधिकृत बनाइएको एक सञ्चालकले जानकारी दिए।

अधिकारी नेपाल बैंककै ‘करियर बैंकर’ हुन्। उनले २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका थिए। त्यसअघि उनी निजी कम्पनीदेखि अध्ययन कार्यमा समेत संलग्न दिए।
उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए हुन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए हुन्। नेपाल बैंकमा सिइओको मासिक तलब ३ लाख रुपैयाँ हुन्छ।

बैंकको सिइओका लागि १४ जनाले आवेदन दिएपनि ४ जना अन्तिम छनौटमा परेका थिए। बैंकले पुष्पराज भण्डारीलाई सिइओ बनाउन खोजिरहेका बेला बैंक अफ काठमाण्डूको ऋण मुद्दामा उनी आरोपी भएपछि अधिकारीलाई नियुक्त गरेको हो। भण्डारी राष्ट्र बैंक हुँदै नेपाल एसबिआइ, वीरगञ्ज फाइनान्स, बैंक अफ काठमाण्डूसम्म पुगेका थिए।अन्तिम छनौटमा शेषरमण आचार्य र शंकरकुमार रायमाझी पनि परेका थिए।

8845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?