जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइजीपी सर्वेन्द्र खनालबाट वडादसैं मौलो पूजा सम्पन्न

आइजीपी सर्वेन्द्र खनालबाट वडादसैं मौलो पूजा सम्पन्न

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खनालले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक खनालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरे ।

7650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्