जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्डको मंसिर ५ गतेसम्म शेयर किन्नेले लाभांस पाउने

स्ट्याण्डर्ड चार्टर्डको मंसिर ५ गतेसम्म शेयर किन्नेले लाभांस पाउने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २३ गते ३३ औ वार्षिक साधारणसभा डाकेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो।

बैंकले यस अगाडि घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाए पछि साधारणसभाको बोलाएको हो। साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ। मंसिर ७ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले बैंकले घोषणा गरेको लाभांस पाउन तथा साधारणसभामा भाग दिन पाउने छन्।

सञ्चालक समितिले यस अगाडि चुक्ता पूँजीको २२.५ प्रतिशत नगद लाभांस घोषणा गरेको थियो। साधारणसभामा बैंकको नियमावलीको नियममा समयसामयिक संसोधन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ। आगामी आर्थिक वर्षको लेखापरिक्षणको लागि एसआर पाण्डे एण्ड चार्टर्ड एकाउन्टेन्सलाई नियुक्ती गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ।

साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ। सभाले लाभांस पारित गरेपछि लगानीकर्ताले लाभांस पाउन सक्ने छन् ।

11110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका