जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको नयाँ निर्देशन

बैक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको नयाँ निर्देशन

नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै एक सूचना जारी गरेको छ ।

सूचनामा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफल पार्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुले आ–आफ्नो वेवसाइटमा नेपाल भ्रमण वर्ष अंकित लोगो अनिवार्य (डिस्प्ले)  गराउन निर्देशन दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्थाको वेवसाइट लगायत अन्य आधिकारिक सामाजिक सञ्जालहरुमा नेपाल भ्रमण वर्ष २०२०को लोगो तथा नेपाल भ्रमण वर्ष, २०२०को सचिवालयको वेबसाइटको लिंक राख्नु पर्ने भएको छ ।

14185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका