जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • राष्ट्र बैंकको प्रवक्तामा भट्ट नियुक्त

राष्ट्र बैंकको प्रवक्तामा भट्ट नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त भएका छन्। राष्ट्र बैंकमा कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) रहेका भट्टलाई बुधबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् भने उनी बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेको राष्ट्र बैंकले जनाएको छ।

यसअघि राष्ट्र बैंककै कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला प्रवक्ता रहेका थिए। उनले सेवाबाट अवकाश पाएपछि भट्टले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

9480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?