जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकको नयाँ शाखा पोखराको लेकसाईडमा

गरिमा विकास बैंकको नयाँ शाखा पोखराको लेकसाईडमा

गरिमा विकास बैंकले सोमबारदेखि पोखरा महानगरपालिका वडा नं ६, लेकसाईडमा स्थापित लेकसाईड शाखा कार्यालयको औपचारिक संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा। डिल्लीराम पोखरेलले गरे ।

उक्त कार्यक्रममा बोल्द बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रिय स्तरमै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गरिमा विकास बैंकले पोखरा क्षेत्रको औद्योगिक, व्यवसायिक तथा पर्यटन क्षेत्रको विकासमा सदैव सहकार्य गर्दै आईरहको र लेकसाईड शाखा स्थापनापश्चात यस क्षेत्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

यसैगरी कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले व्यवसायको विस्तार संगसंगै आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिदै आएको बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

8010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका