माछापुच्छ्रे बैंकले दुवईस्थित MASHREQ BANK (माश्रिक बैंक) बाट १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएको छ । यसअघि दुवईस्थितMASHREQ BANK (माश्रिक बैंक) बाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप उक्त रकम नेपाल भित्र्याएको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात माछापुच्छ्रे बैंकले १० मिलियन अमेरिकी डलर अर्थात १ अर्व रुपैयाँभन्दा बढि पैसा नेपाल भित्र्याएकोे हो । नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ«े बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले दुवईस्थित MASHREQ BANK (माश्रिक बैंक) बाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने बैंकले जनाएको छ ।