जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • यस बैंकका ग्राहकहरुमा अन्यौल, पैसा झिक्न बैंकमा भिड

यस बैंकका ग्राहकहरुमा अन्यौल, पैसा झिक्न बैंकमा भिड

भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई) ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय “यस बैंक”बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु यस बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन् ।

मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ । एनईएफटी कारोबार पनि भइरहेको छैन ।

म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ ।” अर्का ग्राहकले भन्नुभयो, “यो अति नै पिडादायी कुरा हो । तर मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनु पर्दछ । मेरो विचारमा आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ ।” भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो ।

यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन । यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए । कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन ।

7530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?