जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • अफवाह फैलाउने रामेछापका विवेक थापा नियन्त्रणमा

अफवाह फैलाउने रामेछापका विवेक थापा नियन्त्रणमा

कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय साइबर व्यूरोको टोलीले रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको हो। भक्तपुरको सिपाडोलबाट उनलाई नियन्त्रणमा लिइएको हो।

सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख छ। अडियोले जबर्जस्ती नेपालमा कोरोना भाइरस फैलिसकेको भन्दै आतंक सिर्जना खोजेको छ।

भाइरल अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले आफ्नो अस्पतालमा कोरोनाका कुनै विरामी नभएको स्पष्ट पारेका थिए।

7985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?