जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • घर बाहिर निस्केका ६ सय २५ जना सडकमै होल्ड, ४ घण्टा राखिने

घर बाहिर निस्केका ६ सय २५ जना सडकमै होल्ड, ४ घण्टा राखिने

सरकारले थप गरेको दोस्रो चरणको लकडाउनको आज आठौं दिन हो।

लडकाउनको दिन बढ्दै जाँदा सडकमा देखिने मानिसको सङख्या पनि बढेको छ। प्रहरीले आज बिहान ७ बजेसम्म उपत्यकाभित्रबाट  ६ सय २५ जना मानिसलाई नियन्त्रणमा लिएको छ।

सबैभन्दा धेरै मानिस काठमाडौंमा नियन्त्रणमा लिएको हो। सडकमा होल्ड हुने मध्ये ७८ जना महिला पनि रहेका छन्। यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ।

सोमबार लकडाउनमा हिँड्ने मानिसलाई तीन घण्टा राखिएको थियो। आज भने समय थप गरेर राख्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। ‘लकडाउनमा थप कडाइ हुन्छ। होल्ड हुने समय थप्छौं,’ डिआइजी पोखरेलले भने।

 

16020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?