हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको गरेको छ । आइतबार एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले १ कडोर रुपैयाँको चेक पर्यटनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।
हिमालय एयरलाइन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठका अनुसार सरकारले स्थापना गरेको राहत कोषमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो । नेपाली र चिनियाँ संयुक्त लगानीमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वोलालम्पुर, साउदी अरबको दमाम, युएईको अबुधाबी, दुबई, बंगलादेशको ढाका, कतारको दोहा र चीनका पाँच सहरमा उडान गर्दै आएको छ।
हिमालयसँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीन वटा विमान र १२८ सिट क्षमताको ए–३१९ गरि चारवटा विमान रहेको छ।