जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकको खुद नाफा १४ करोडले बढ्यो

एभरेष्ट बैंकको खुद नाफा १४ करोडले बढ्यो

एभरेष्ट बैंकले आफ्नो खुद नाफा १४ करोड रुपैयाँले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवको यसै अवधिमा खुद नाफामा उक्त वृद्धि गरेको हो । बैंकले जारी गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले २ अर्ब ३५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले २ अर्ब २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ९४ करोड ३६ लाख रुपैयाँ रहेको छ।

राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ६० करोड र नियामकीय जगेडा अन्तर्गत ८० करोड लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने न्यून देखिएको हो। चुक्ता पूँजी ८ अर्ब ५१ करोड रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३७ दशमलव ०३ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँ, शेयरधनी कोष ९रिटेन्ड अर्निङ मा १ अर्ब ८५ करोड र २३ करोड रुपैयाँ शेयर प्रिमियम रहेको छ। चैत मसान्तसम्म बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ५९ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढेपछि सञ्चालन नाफा पनि बढेको छ।

बैंकले गत आवको चैत मसान्तको तुलनामा २४ करोडले खुद ब्याज आम्दानी वृद्धि गर्दै ४ अर्ब ३४ करोड रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा पनि २० करोड रुपैयाँ बढेर ३ अर्ब ३६ करोड पुगेको छ। चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात ० दशमलव २० प्रतिशतमा छ। बैंकको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ, र पूँजीकोष अनुपात १२ दशमलव ६२ प्रतिशत रहेको छ

9400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?