जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कतारदेखि काठमाडौं सुन तस्करीमा वैदेशिक रोजगारमा गएका युवाको प्रयोग

कतारदेखि काठमाडौं सुन तस्करीमा वैदेशिक रोजगारमा गएका युवाको प्रयोग

प्रहरीले वैदशिक रोजगारमा गएका कामदारको प्रयोग गरि सुन तस्करीमा संलग्न समुहलाई पक्राउ गरेको छ। आज राजधानीमा प्रहरीले सो समूहमा संलग्न १३ जनालाई सार्वजनिक गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले १३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा विनोद कुमार साह, सन्जु कुमारी साह, शिव शंकर राउत, भुमबहादुर वली, नरेश परियार, सन्तु गुलाम मुराउ, दिनेश कुमार यादव, सुनिल कुमार महरा, मोहन कुमार यादव लगायत छन्।

विनोद र सन्जु श्रीमान श्रीमती हुन्। एयरपोर्ट नजिकै आफ्नै होटल संचालन गरिरहेका उनीहरुले विदेशबाट आएको सुन ‘रिभिस’ गर्ने गर्थे।काठमाडौंमा ल्याइएको सुन अन्तत: शिवकुमार राउतको पुग्ने गरेको खुलेको छ।

कतारबाट दैनिक रुपमा हुने उडानबाट नेपाल आउने युवाको प्रयोग गरेर सुन ल्याउने गरिएको हो। दैनिक हुने ३ उडानबाट काठमाडौं आउने ४० देखि ५० युवालाई प्रयोग गरेर सुन ल्याउने गरिएको खुलेको हो। कतारबाट आउने युवालाई केही रकम र होटल खर्च दिएर सुन तस्करहरुले प्रयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। युवाहरुले जुत्तामा, सर्टको कलरमा हालेर ल्याउने गरेको खुलेको छ।

प्रहरीले सुन तस्करीमा ‘चार लेयर’ माथि छानबिन गरिरहेको छ। विदेशबाट सुन पठाउने, सुन ल्याउने, सुन काठमाडौंमा रिसिभ गर्ने र सुन कहाँ पुग्यो भनेर रेकी गर्ने गरि चारवटा ‘नेक्सस’मा अनुसन्धान गरिएको हो। जसमध्ये विदेशबाट सुन पठाउने बाहेक सुन ल्याउने र काठमाडौंमा व्यवस्थापन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सन् २०१९ यता तस्करहरुले करिब २ अर्ब ३७ करोड रुपैयाँ बराबरको सुन ल्याएको प्रहरीले जनाएको छ। यो गिरोहले वर्षमा ३०० केजी भन्दा सुन भित्रिएको अनुमान गरिएको कार्यालयका एसएसपी मनोज केसीले जानकारी दिए।

3205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका