यस वर्ष गत वर्षभन्दा सञ्चालन नाफा २० प्रतिशत घटेकाले नाफामा पनि कमि आएको हो । गत वर्ष ४१ करोड ९२ लाख ८९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ३३ करोड ५० लाख २९ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको छ । बैंकको खुद व्याज आम्दानी भने यस वर्ष १८ दशमलव २५ प्रतिशत बढी ८२ करोड ३६ लाख ३१ हजार रुपैयाँ भएको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ करोड १८ लाख १८ हजार रुपैयाँ छ ।
हाल ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो बैंकले गत वर्षभन्दा ३१ दशमलव ९४ प्रतिशत बढी ६४ करोड १२ लाख २३ हजार रुपैयाँ जगेडा कोष रकम कायम गरेको छ । निक्षेप संकलन २३ अर्ब ५४ करोड ५० लाख रुपैयाँभन्दा बढी गरेको बैंकले कर्जा प्रवाह २१ अर्ब ३५ करोड ८२ लाख ९० हजार रुपैयाँ गरेको छ । गत वर्षभन्दा यस वर्ष निक्षेप संकलन ८ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशत बढी भएको हो । निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष यस अवधिसम्म १ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ५७ प्रतिशत कायम भएको छ । वार्षिक ९ दशमलव ८६ प्रतिशत प्रतिशेयर आम्दानी रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १३१ दशमलव ५९ रुपैयाँ छ