जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • १९ बैंकले सेयर कर्जा घटाउँदा कृषि विकास बैंकको बढ्यो

१९ बैंकले सेयर कर्जा घटाउँदा कृषि विकास बैंकको बढ्यो

चालू आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुको सेयर धितो कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुनसम्म वाणिज्य बैंकहरुको सेयर धितो कर्जा २६.७६ प्रतिशतले घटेको हो । गत वर्षको फागुनमा बैंकहरुले ७९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको वाणिज्य बैंकहरुले समिक्षा अवधिमा भने झण्डै २७ प्रतिशत घटाएका हुन् । चालू आर्थिक वर्षको फागुनसम्म बैंकहरुले ५८ अर्ब ४२ करोड २७ लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

बैंकहरुले निरन्तर रुपमा सेयर धितो कर्जा घटाउँदै आएका छन् । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि सेयर धितो कर्जा प्रवाह घटाउँदै गएका हुन् । निरन्तर रुपमा सेयर कर्जा घटाउँदै आएकोमा यस अवधिमा कृषि विकास बैंकले भने बढाएको छ । कृषि विकास बैंकको ८.३५ प्रतिशत बढेर १ अर्ब ११ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ करोड ७ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको थियो ।

यसअवधिमा अधिकांश बैंकले सेयर धितो कर्जा घटाएका छन् । सबैभन्दा धेरै एनएमबि बैंकको ५३.१७ प्रतिशत घटेर १ अर्ब ४१ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ५०.६१ प्रतिशत घटेर ६४ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ४३.९९ प्रतिशत घटेर १ अर्ब २३ करोड रुपैयाँ, सनराइज बैंकको ४२.५२ प्रतिशत घटेर १ अर्ब ६९ करोड रुपैयाँ, एभरेष्ट बैंकको ३६.४३ प्रतिशत घटेर ८० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३५.७० प्रतिशत घटेर ४ अर्ब ६ करोड रुपैयाँ र कुमारी बैंकको ३४.९६ प्रतिशत घटेर ३ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

यस्तै, ग्लोबल आइएमई बैंकको ३१.८४ प्रतिशत घटेर ६ अर्ब ३६ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको २९.७६ प्रतिशत घटेर २ करोड रुपैयाँ, सानिमा बैंकको २९.६२ प्रतिशत घटेर १ अर्ब ४३ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब १२ करोड रुपैयाँ, नेपाल बैंकको २८.३९ प्रतिशत घटेर ३ अर्ब ५६ करोड रुपैयाँ, हिमालयन बैंकको २६.१२ प्रतिशत घटेर २ र्अ ९ करोड रुपैयाँ, प्रभु बैंकको २१.२४ प्रतिशत घटेर ४ अर्ब ९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २०.७६ प्रतिशत घटेर ३ अर्ब ७८ करोड रुपैयाँ, प्राइम बैंकको १८ प्रतिशत घटेर ३ अर्ब १९ करोड रुपैयाँ, सिटिजन्स बैंकको १७.२७ प्रतिशत घटेर ३ अर्ब ८६ करोड रुपैयाँ र लक्ष्मी बैंकको १६.२८ प्रतिशत घटेर २ अर्ब ३२ करोड रुपैयाँ सेयर धितोमा लगानी गरेका छन् ।

820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?