जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • बैंकिङ क्षेत्र सुधार गर्न राष्ट्र बैंकद्वारा ३ सदस्यीय सुझाव उपसमिति गठन

बैंकिङ क्षेत्र सुधार गर्न राष्ट्र बैंकद्वारा ३ सदस्यीय सुझाव उपसमिति गठन

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि पहिलोपटक बाहिरका विज्ञको संयोजकत्वमा ३ सदस्यीय सुझाव उपसमिति गठन गरेको छ ।

पूर्वनिर्देशकसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्व उपसमिति गठन गरिएको हो ।

उपसमितिमा सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल समितिका सदस्य सचिव तोकिएका छन्।

राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई ३० दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक बाहिरका व्यक्तिको संयोजकत्वमा उपसमिति गठन गरेर बैंकिङ क्षेत्र सुधार र विकासका लागि सुझाव मागेको सम्भवतः यो नै पहिलो पटक हो ।

नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाकालदेखि नै बैंकहरुको संचालनको अनुमति दिने, नियमन तथा सुपरीवेक्षण गर्ने र बैंकिङ क्षेत्रको विकास र सुधार गर्ने कार्य गरिआएको दाबी गर्ने गरेको छ ।

1200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?