जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको खराब कर्जा डरलाग्दो कृषि विकास बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र नेपाल बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा माथी राष्ट्र बैंक बेखबर

वाणिज्य बैंकहरुको खराब कर्जा डरलाग्दो कृषि विकास बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र नेपाल बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा माथी राष्ट्र बैंक बेखबर

नेपालका २१ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढि खराब कर्जा भएका बैंकहरुमा सरकारी स्वामित्व भएका नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र सिभिल बैंकसंग मर्जर गरेर बनेको हिमालयन बैंक रहेको छ भन्दा अब फरक पर्दैन । यी ३ वटा वाणिज्य बैंकहरुको खराब कर्जा ४ प्रतिशत भन्दा माथी मात्रै छैन । वित्तिय अवस्था भित्रको यो डरलाग्दो क्यान्सर रोग हो भन्दा अब अन्यथा नहोला । नेपाल बैंकका सीइओ कृष्ण बहादुर अधिकारी जागिर बचाउन बाहेक अरु केही काम गर्दैनन् । यसैको कारण बैंकमा डरलाग्दो खराब कर्जा बढेको देखिन्छ । उनीको यो अन्तिम कार्यकाल हुन सक्दछ भन्दा फरक पर्दैन । किनभने उनी एमाले कार्यकर्ता हुन् अहिले सरकार कांग्रेसको छ ।
अर्को सरकारी बैंक कृषि विकास बैंकको खराब कर्जा डरलाग्दो छ । यो खराब कर्जाको जिम्मा पूर्व सीइओ अनिल कुमार उपाध्यायले लिनुपर्दछ । अहिले बैंकमा नयाँ सीइओ गोविन्द गुरुङ्ग आएका छन् । ४ प्रतिशत भन्दा बढि खराब कर्जा बैंक भित्रको क्यान्सर रोग भनिन्छ । हेक्का होस् । अर्को प्राइभेट सेक्टरको बैंक हिमालयन बैंक भित्र डरलाग्दो खराब कर्जा भेटिएको छ । बैंकको खराब कर्जा ४ प्रतिशत माथी छ । ५ प्रतिशत खराब कर्जा भए राष्ट्र बैंकले हिमालयन बैंकलाई हस्तक्षेप गर्न सक्दछ भन्दा फरक पर्दैन । हेक्का होस् ।

कुन बैंकको खराब कर्जा कति?
वाणिज्य बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको छ । चैत मसान्तको वित्तीय विवरणले बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको देखिएको हो । औसतमा चैत महिनामा बैंकहरूको खराब कर्जा ३.०५ प्रतिशत पुगेको छ । गत वर्ष बैंकहरूको खराब कर्जा १.२७ प्रतिशत थियो । चैतको वित्तीय विवरण हेर्दा एक प्रतिशतभन्दा तल खराब कर्जा हुने बैंकमा एभरेष्ट, एनआईसी, स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । चैतको वित्तीय विवरणले बैंकहरूले कर्जा उठाउन नसकेको देखिएको छ । बैंकहरुको अहिलेको खराब कर्जाको दरलाई हेर्दा आगामी दिनमा पाँच प्रतिशतसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।

नबिल बैंक लिमिटेड
२१ मध्ये सबैभन्दा बढी नाफा कमाउन सफल नबिल बैंकको खराब कर्जा ३.८७ प्रतिशत पुगेको छ । गत वर्ष १.१४ प्रतिशत थियो ।

कृषि विकास बैंक लिमिटेड
वित्तीय विवरणानुसार कृषि विकास बैंकको खराब कर्जा अनुपात गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.२५ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंक लिमिटेड
सिटिजन्स बैंकको खराब कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.७० प्रतिशत पुगेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आईएमई बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट ३.९६ प्रतिशत पुगेको छ ।

हिमालयन बैंक लिमिटेड
हिमालयन बैंकको खराब कर्जा ०.९९ प्रतिशतबाट ४.५६ प्रतिशत पुगेको छ ।

कुमारी बैंक लिमिटेड
कुमारी बैंकको खराब कर्जा गतवर्ष ०.९६ प्रतिशत रहेकामा यो वर्ष बढेर ३.९७ प्रतिशत पुगेको छ ।

लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंकको खराब कर्जा १.०८ प्रतिशतबाट १.८२ प्रतिशत पुगेको छ ।

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंकको खराब कर्जा ०.८७ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ ।

नेपाल बैंक लिमिटेड
नेपाल बैंकको खराब कर्जा गत वर्ष २.०६ प्रतिशत रहेकामा यो वर्ष ४.१६ प्रतिशत पुगेको छ ।

एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंकको खराब कर्जा ०.५१ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.३५ प्रतिशत पुगेको छ ।

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंकको खराब कर्जा गत वर्ष १.४६ प्रतिशत रहेकामा यो वर्ष २.९६ प्रतिशत पुगेको छ ।

प्रभु बैंक लिमिटेड
प्रभु बैंकको खराब कर्जा १.२१ प्रतिशतबाट ३.४८ प्रतिशत पुगेको छ । प्रभुले सेञ्चुरी बैंकलाई गाभेको थियो ।

प्राइम बैंक लिमिटेड
प्राइम बैंकको खराब कर्जा ०.९४ प्रतिशतबाट ३.०६ प्रतिशत पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.०७ प्रतिशतबाट ३.८८ प्रतिशत पुगेको छ ।

सानिमा बैंक लिमिटेड
सानिमा बैंकको खराब कर्जा ०.३८ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ ।

नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंकको खराब कर्जा ०.१४ प्रतिशतबाट ०.९७ प्रतिशत पुगेको छ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंकको खराब कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड लिमिटेड
स्ट्यान्डर्ड चार्टर्डको खराब कर्जा ०.३६ प्रतिशतबाट ०.९० प्रतिशत पुगेको छ ।

सनराइज बैंक लिमिटेड
सनराइज बैंकको खराब कर्जा १.३७ प्रतिशतबाट बढेर ३.६२ प्रतिशत पुगेको भेटिएको छ । सचेत भया । राजतिलक साप्ताहिकबाट साभार गरिएको

2240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका