लकडाउनका समयमा संचालन भएका बैंक वित्तले राष्ट्र बैंकबाट प्राप्त पासका आधारमा हिड्नका लागि जोर विजोर लागु नहुने भएको छ ।
पहिलै पास प्राप्त गरेका बैंक वित्तीय संस्थाका कर्मचारीले पास देखाएपछि हिड्न पाउने छन् । तथापी उक्त पास पहिलै जारी भएको र राष्ट्र बैंकबाट जारी भएको हुनुपर्ने छ । अन्य थप कर्मचारीका लागि भने जोर विजोर नै लागु हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बैंकवित्तहरुलाई यस अघि लकडाउनमा कार्यालय प्रयोजनका लागि राष्ट्र बैंकले पास उपलव्ध गराएको थियो । बैंकिङ क्षेत्रलाई अत्यावश्यक सेवाका रुपमा राखिएको छ ।