जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंक र नेको इन्स्योरेन्सबीच सम्झौता

एनआईसी एशिया बैंक र नेको इन्स्योरेन्सबीच सम्झौता

विगत २५ बर्षदेखि नेपाली बीमा बजारमा निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा एनआईसी एशिया बैंकसँग खातावालाहरुको दुर्घटना बीमा, गम्भिर प्रकृति रोग बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा नेको इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा एनआईसी एशिया बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौता पश्चात एनआईसी एशिया बैंकमा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता खोल्ने ग्राहकहरुले बीमालेख बमोजिम नेको इन्सुरेन्सबाट घातक रोग, स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन् ।

11930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?