जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एटीएममा राखिएको पैसा चोरी भएको छैन

अर्थ वाणिज्य

एटीएममा राखिएको पैसा चोरी भएको छैन

किरणकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक

एटीएममा राखिएको पैसा चोरी भएको छैन

राष्ट्रिय वाणिज्य बैंकको टिचिङ हस्पिटल नजिकै रहेको एटीएम आज राती फोरिएको छ । एटीएम फोरिए पनि कुनै आर्थिक क्षति भने नभएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । ‘बिहीबार राति एटीएम बुथ फोरेर पैसा निकाल्न खोजिएको रहेछ,’ महानगरीय प्रहरी कार्यालय टेकुका डीएसपी तथा प्रवक्ता राजकुमार केसीले भने ‘एटीएम फोरिए पनि कुनै क्षति भएको छैन ।’ एटीएम फोर्ने प्रयास भएको रहेछ,’ उनले थपे ‘पैसा चोरी भएको छैन र ह्याक गरिएको पनि होइन ।’

हामीलाई खबर आएपछि कस्ले एटीएम फार्ने प्रयास गरेको रहेछ भनि अनुसन्धान भइरहेको छ । अनुसन्धान प्रक्रिया अघि अघि बढी सकेको छ । एटीएम फोर्न प्रयास गर्ने व्यक्ति पेशेवर नभइ अन्य कोही हुन सक्छ । उसलाई प्रविधि सम्बन्धि ज्ञान नभएको देखिएको प्रवक्ता केसीले बताए ।

एटीएम फोर्ने प्रयास भएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । ‘एटीएम फोर्ने प्रयास गरिएपनि चोरले पैसा भने चोर्न पाएन,’ उनले भने ‘एटीएममा केही क्षति भएको छ ।’ तर, एटीएममा राखिएको पैसा चोरी भएको छैन ।’ अहिले एटीएम फोरिएको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

9580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?