जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • होटल तथा एयरलाइन्स खुलाउन पर्यटनमन्त्रीलाई व्यवसायीको माग

होटल तथा एयरलाइन्स खुलाउन पर्यटनमन्त्रीलाई व्यवसायीको माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताउनुृभएको छ ।

सिंहदरबारमा आज पर्यटन क्षेत्रका नौ अगुवा सङ्गठनको सुझावसहितको ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले व्यवसायी एवं सरोकारवालासँग छलफल गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने पूर्वतयारी भइरहेको जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्क्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने सङ्केत गर्दै उहाँले नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताव लिएर आउन व्यवसायीलाई आग्रह गर्नुभयो ।

मन्त्री भट्टराईले प्रोटोकलसहितको प्रस्ताव लिएर आउन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई निर्देशन दिँदै उक्त प्रस्तावलाई सीसीएमसी र क्याबिनेटमा लगेर निर्णय गर्ने वचन दिनुभयो । पर्यटन व्यवसायीले कोभिडका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै बन्दाबन्दी खुलाउन मन्त्री भट्टराईसँग माग गरेका छन् ।

मागपत्रमा व्यसायीहरुले चार्टर्ड उडानको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशीघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालिकाअनुसार सञ्चालन गर्न अनुरोध गरेका छन् ।

त्यस्तै हरियो प्लेटका पर्यटकीय सवारी साधन सञ्चालनका लागि अनुमति दिन र हिमाल सफाइको कार्य सञ्चालन र नयाँ हिमाली गन्तव्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्य तत्काल शुरु गर्न मागसमेत गरिएको छ ।

ट्रेकिङ्ग एजेन्सीज एसोसिएशन अफ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स ऐजेन्ट (नाट्टा), सोसाइटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल, होटल एसोसिशन अफ नेपाल, नेपाल एसोसिएशन अफ टुर अपरेटर्स, नेपाल एसोसिएसन अफ राफिटङ ऐजेन्सी, टुरिस्ट बस एसोसिशन अफ नेपाल र नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले अध्यक्षले सामूहिक रुपमा पर्यटनमन्त्री समक्ष माग तथा सुझाव दिएका हुन् ।

6210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका