जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • केसी अध्यक्ष रहँदा बीमा समितिको ३ करोड घोटला भएको महालेखा परिक्षकको निश्कर्षः एभरेष्ट बैंकमाथी पनि कारबाहीको माग

केसी अध्यक्ष रहँदा बीमा समितिको ३ करोड घोटला भएको महालेखा परिक्षकको निश्कर्षः एभरेष्ट बैंकमाथी पनि कारबाहीको माग

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम बीमा कम्पनीहरुको नियमनकारी निकायबाट हुन्छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य सावित भएको छ । करिब २०६९ सालको कुरा हो । तत्कालीन बीमा समितिका अध्यक्ष फत्त बहादूर केसीको निर्देशनमा बीमा समितिका उच्च कर्मचारीको मिलोमतोमा करिब ३ करोड रकम एउटा बैंकको मुद्दती खातामा राखी २ करोड २३ लाख भन्दा बढि ब्याज घोटला गरेको खुलेको छ ।

समाचार स्रोतका अनुसार २०६९÷०१÷२७ मा एभरेष्ट बैंकको मुद्दती खातामा ३ करोड ९ प्रतिशत व्याजमा राखी सो ब्याजको रकम २०७४÷०७५ सम्मको बीमा समितिको वित्तिय प्रतिवेदनमा नराखी तत्कालनि अध्यक्ष केसी र बीमा समितिका उच्च कर्मचारहिरुले घोटला गरेको हालै सार्वजनिक भएको महालेखा परिक्षकको प्रतिवेदनमै उल्लेख गरिएको छ ।

भनिन्छ पदमा पुगेपछि खानेमुखलाई जुँगाले छेक्दैन यहि उखान जस्तै भएको छ । बीमा समिति भित्र ३ करोडको ६ वर्ष बैंकमा राखी करिब २ करोड २३ लाख २५ हजार ब्याज वित्तिय विवरणमा नआउदा समेत किन चुपचाप बसे तत्कालीन अध्यक्ष केसी ? । यसको अर्थ हो मिलीभगत घोटला ।

नेपालका बीमा कम्पनीहरुलाई नियमन गर्ने निकाय नै घोटला काण्डमा मुछिन्छ भने उसले कसरी नियमन बीमा कम्पनीहरुलाई गर्दछ । यो चाहि खोजीकै विषय बन्न सक्दछ ।

तत्कालीन बीमा समितिका अध्यक्ष के.सीको कार्यकाल सकिएपछि बीमा समितिको अध्यक्षमा नियुक्त भएका चिरनजीवी चापागाईले गत २०७६÷०६÷३० गते उक्त घोटला काण्ड पत्ता लगाए पछि रकम र ब्याज सहित फिर्ता ल्याएको देखिन्छ । २०७६÷०६÷३० मा १८ लाख २४ हजार ब्याज सहित ३ करोड १८ लाख २४ हजार एभरेष्ट बैंकबाट ल्याएर बीमा समितिको आम्दानमिा देखाइएको महालेखा परिक्षकको प्रतिवेदनमै उल्लेख छ ।

उक्त प्रतिवेदनमा भनिएको छ । बीमा समितिको ३ करोड रकमको ७८ महिनाको २ करोड २३ लाख २५ हजार ब्याज तत्कालीन अध्यक्ष केसी सहित उच्च कर्मचारीबाट बद्मासी गरी घोटला गरिएको एभरेष्ट बैंक र तत्कालीन नेतृत्वलाई कारवाही गर्न सिफारिस गरिएको देखिन्छ ।

महालेखा परिक्षकको कार्यालयले गत असार ३० गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरी सार्वजनिक गरेको आर्थक वर्ष २०७५।०७६ को बार्षिक प्रतिवेदनमा बीमा समितिबाट ३ करोड रुपैयाँ तीन वर्ष चार महिनासम्म बेपत्ता भएको औल्याइए पछि उक्त घटना बाहिर आएको हो ।

महालेखा परिक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको सो प्रतिवेदनमा बीमा समितिको खाताबाट २०६९ साल बैशाख २७ गते तीन करोड रुपैयाँ झिकेर एभरेष्ट बैंकमा मुद्दति निक्षेपमा राखिएको सो को एक वर्षपछि २०७० बैशाख २६ गते बैंकको कल खातामा सारिएको र ब्याजमा लुट मच्चाएको देखिन्छ ।

महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा बीमा समितिको लेखा परिक्षणबाट चार वर्षसम्म तीन करोड रुपैयाँ गायब पारिएको उल्लेख छ । २०६९ साल बैशाख २७ गते बैंकमा निक्षेप राखिएको रकम आर्थिक वर्ष २०७४।०७५ को लेखा परिक्षण प्रतिवेदनमा समेत समावेश नगरेको उल्लेख गर्दै महालेखा परिक्षण प्रतिवेदनमा रकम बैंकमा राखिएको ७६ महिनापछि अर्थात २०७६ असोज ३० गते मात्र सो रकम एभरेष्ट बीमा समितिमा अहिलेका अध्यक्ष चिरनजीवी चापागाईको पहलमा आम्दानीमा आएको देखिन्छ ।

महालेखा परिक्षकको कार्यालयले मुद्दति निक्षेपमा राख्नुपर्ने रकम सामान्य कल खातामा रकमान्तर गरी न्यून ब्याज दिइएको र सो अवधीको समानुपातिक ब्याज हिसाब गर्दा दुई करोड २३ लाख २५ हजार रुपैयाँ बीमा समितिलाई आर्थिक क्षति भएको उल्लेख छ ।

महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनको २२३ नं बुँदामा सो काण्डमा संलग्न बीमा समितिका तत्कालीन अध्यक्ष केसी उच्च कर्मचार िर एभरेष्ट बैंकका कर्मचारीहरु समेत जिम्मेवार बनाएर कारवाही गर्नुपर्ने भनिएको छ ।

10480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?