जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकले पीएसओ र पीएसपीको नयाँ लाइसेन्स रोक्यो

राष्ट्र बैंकले पीएसओ र पीएसपीको नयाँ लाइसेन्स रोक्यो

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी) को लाइसेन्स आइतबारबाट स्थगन गरेको छ।

सैद्धातिक सहमति प्रदान गरिएका संस्थावाहेक नयाँ अनुमतिपत्र प्रदान गर्ने काम रोकिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै लाइसेन्समा रोक लगाउने जनाएको थियो। मौद्रिक नीतिमा भएको ब्यवस्था अनुसार राष्ट्र बैंकले आइतबार लाइसेन्स बन्द गरिदिएको हो।

राष्ट्र बैंकले पीएसपीको रुपमा अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तिमा ३ लाख ग्राहक नपुर्याएमा र मासिक औषत कारोबार संखेया कम्तिमा ६ लाख नपुगेमा संस्थाको अनुमति खारेज गर्ने पनि मौद्रिक नीतिमा ब्यवस्था गरेको छ।

राष्ट्र बैकले क्युआर कोडमार्फत हुने भुक्तानीलाई ब्यवस्थित गर्न मार्गदर्शन जारी गर्ने पनि जनाएको छ।

11475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका