जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरूलाई ब्याज रकममा २० प्रतिशत छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरूलाई ब्याज रकममा २० प्रतिशत छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड १९ महामारीबाट यस डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी) महानुभावहरूलाई परेको असरको मूल्यांकन गर्दै यस डेभलपमेन्ट बैंकले आफ्ना सेवाग्राही (ऋणी) महानुभावहरुका लागि श्रावण महिनाको ब्याज रकममा २०% छुटको आकर्षक योजना ल्याएको जानकारी गराउछौं ।

बैंकका सेवाग्राही (ऋणी) महानुभावहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गर्नुभएमा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको जानकारी गराउँछौ ं।

बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा सेवाग्राही (ऋणी) हरुलाई हालको एस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा यस डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

9830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका