जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ऋणमा घर र गाडी किनेका सर्वसाधारणलाई राष्ट्र बैंकको राहत: अबदेखि ब्याज कहिले परिवर्तन नहुने

ऋणमा घर र गाडी किनेका सर्वसाधारणलाई राष्ट्र बैंकको राहत: अबदेखि ब्याज कहिले परिवर्तन नहुने

ऋण लिँदाका बेला एउटा ब्याज दर हुन्छ किस्ता तिर्ने बेलामा अर्कै। यसले गर्दा निश्चित आम्दानी हुने सर्वसाधारण निकै मारमा परिरहेका थिए।

त्यो समस्याबाट अबदेखि नियमित इएमआइ तिर्नेहरुले मुक्ति पाएका छन्। नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीलाई प्रत्यक्ष फाइदा पुग्ने निर्देशन मंगलबार जारी गरेको छ।

एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका ब्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। अब नयाँ ब्यवस्थाले ब्याज मनपरी बढाउने बैंकको प्रवृत्तिको अन्त्य भएको छ।

यदि कुनै ग्राहकले होइन मलाई तरलता अनुसार थपघट हुने ब्याज चाहिन्छ भन्यो भने उसलाई त्यो विकल्प पनि दिन भनिएको छ।

ब्यक्तिको नाममा प्रवाह भएको वा हुने घर,गाडीलगायत मासिक वा कुनै पनि आवधिक किस्ता भुक्तानी हुने गरी प्रवाह भएका कर्जाहरुमा लागू हुनेछ। यसअघि प्रवाह भएका ऋणहरुमा ग्रहकले स्थिर चाहिन्छ भनेमा बैंकले ब्याज स्थिर गरिदिनु पर्नेछ। स्थिर कर्जाको ब्याज दर ६/६ महिनामा प्रकाशित गर्नु पर्नेछ।

यस्तो कर्जामा आधार दरमा कतिसम्म प्रिमियम लिन पाइन्छ भन्ने खुलाइएको छैन। त्यसैले यस्तो ऋणको ब्याज प्रचलित भन्दा केही महँगो भने पर्न सक्छ।

7100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका