जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकका ऋणी ग्राहकहरूलाई ब्याज रकममा १२% प्रतिशत छुट प्रदान

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणी ग्राहकहरूलाई ब्याज रकममा १२% प्रतिशत छुट प्रदान

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड १९ महामारीबाट यस डेभलपमेन्ट बैंकका ऋणी ग्राहक महानुभावहरूलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहक महानुभावहरुका लागि बुझाउन बाँकी आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको जानकारी गराउछौं ।

बैंकका ऋणी ग्राहक महानुभावहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गर्नुभएमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको जानकारी गराउँछौ ंर यसरी ग्राहक महानुभावहरुलाई व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्त सम्मको यस डेभलपमेन्ट बैंकको आधार दर भन्दा कम नहुने गरी छुट दिईने व्यहोरा जानकारी गराइन्छ ।

उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।

बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा यस डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ ।

6195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका