
सानिमा बैंक लिमिटेडको १६ औं साधारणसभा यहि कात्तिक २८ गते बोलाएको छ । उक्त साधारणसभा प्रयोजनको लागि बैंकले कात्तिक १७ गते एक दिन शेयरको खरिद विक्रिका लागि बुक क्लोज गर्ने भएको छ । बैंकले १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने गरी १६ औँ वार्षिक साधारण सभा डाकेको छ । सो लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक २८ गते, आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११।०० बजे साधारणसभा बोलाएको हो ।
यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन् । सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
विश्वभर फैलिएको कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र शेयरधनीहरू सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकाधिक शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको छ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ । बोनस शेयर वितरणा पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































